ज्येष्ठ नागरिक पेन्सन बचत

यस योजना अन्तर्गत ५० वर्ष पूरा गरेको ज्येष्ठ सदस्यले रु. १ लाख वा सो ले भाग जाने रकम न्यूनतम १ वर्ष अवधिको लागि एकमुष्ट जम्मा गरि रु. १ लाख बराबर प्रति महिना रु. १०००।– को दरले पेन्सन रकम प्राप्त गर्नु हुनेछ । ३ वर्ष वा सो भन्दामाथि समयको लागि रकम जम्मा गरेको खण्डमा भुक्तानी नहुँदासम्मद दशैं बोनस बापत् प्रत्येक दशैंमा १ महिना बराबरको पेन्सन रकम थप पाइने छ । समय अगावै रकम आवश्यक भएमा ८०% सम्म कर्जा उपलब्ध गराईने छ ।