About Panchakanya

नेपाल सरकार सहकारी ऐन २०४८ बमोजिम डि.स.का. काठमाडौंबाट द.नं. ३५४/०५५/०५६ मा दर्ता भएको यस पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि. (Panchakanya Saving & Credit Co-operative Ltd.) वित्तीय कारोवार गर्न नेपाल सरकारबाट इजाजत प्राप्त सहकारी संस्था हो । यस संस्थाको संचालक समिति, लेखा समिति र उच्च व्यवस्थापन तहमा स्थानीय स्तरमा प्रतिष्ठित व्यवसायी एवं वित्तीय संस्थामा लामो अनुभव हासिल गरिसकेका  व्यक्तिहरु रहनुभएको छ ।

संस्थाको मुख्य उद्देश्य सदस्यहरुको स–सानो पूँजीलाई सहज र सरल ढङ्गबाट संकलन गरि वर्तमान प्रतिस्पर्धात्मक वित्तीय बजारमा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट निक्षेपमा उपयुक्त ब्याज प्रदान गरि सदस्यहरुबीच उद्यमी तथा व्यवसायीहरुलाई सुलभ ब्याजदरमा छिटो छरिटो सेवाको माध्यमबाट कर्जा प्रवाह गरि सदस्यहरुलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउँदै सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा उच्च टेवा पु¥याउँदै र समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्दै अन्तर्राष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै नेपालको सहकारी ऐन, नियमावली र संस्थाको स्वीकृत विनियम तथा विनियमावलीरुको अधिनमा रहि सदस्यहरुको जीवनको गुणस्तरमा वृद्धि गर्ने दिर्घकालीन लक्ष्य रहेको छ ।