व्यवस्थापन र प्रविधि (Management & Technology)

व्यवस्थापन (Management)

प्रचलित नीति नियमको अधिनमा रहि निर्भिक एवं इमान्दारीपूर्वक कर्तव्य पालना गर्नु सफल व्यवस्थापनको प्रतिविम्व हो भन्ने यथार्थलाई अंगीकार गर्दै दैनिक कारोवार संचालन गर्ने तथा संचालक समितिले तोकेको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न समितिबाट कार्यकारी पदाधिकारी सहित दक्ष तथा अनुभवी कर्मचारीहरु कार्यरत रहेका छन् ।

प्रविधि (Technology)

सदस्यहरुलाई छिटो छरिटो तथा सरल ढंगले वित्तीय सेवाहरु प्रवाह गर्नका लागि तथा दैनि रुपमा हुने कारोवारलाई व्यवस्थित ढंगले लेखांकन गर्न संस्थालाई पूर्णरुपमा कम्प्यूटराइज्ड गरिएको छ । साथै सदस्यहरुको वित्तीय कारोवारलाई विश्वसनीय एवं व्यवस्थित गर्नको लागि अत्याधुनिक बैंकिङ्ग सफ्टवेयर (Infinity – Core Banking Solution) जडान गरिएको छ ।